एमालेको समर्थनमा काँग्रेसका लामाले आज मुख्यमन्त्रीमा दावि पेश गर्दै

अखबार हब
२०८१ श्रावण ७, सोमबार ०७:५८

हेटौंडा । नेकपा एमालेको समर्थनमा काँग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका छन् ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले साउन ८ गते ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दावी पेश गर्न आह्वान गरेसँगै प्रदेको दोस्रो ठुल दलको समर्थनमा काँग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा आज दावी पेश गर्न लागेको हो ।

कांग्रेस–एमाले गठबन्धन बनेसँगै माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको वागमती प्रदेश सरकार ढलेको छ। वागमतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । वागमतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुन लागेको हो ।

१ सय १० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशमा कांग्रेस र एमालेको सहजै बहुमत पुग्ने अवस्था छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा ९एस०का ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*