युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं।३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेका छन् ।
हालै उद्योगमा कर्मचारी भर्ना गर्दा बिना बिज्ञापन अन्य स्थानबाट सिधै भर्ना गरेको र स्थानीयलाई प्राथमिकता नदिएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।
उद्योगमा आवश्यक कर्मचारी नियुक्तिमा स्थानीयहरुलाई प्राथामिकता नदिएकोले स्थानीयहरु आन्दोलनमा आन्दोलनमा उत्रिन परेको स्थानीय बिजन लटौलाले बताए ।
उद्योगले बिज्ञापन नै नगरी गुपचुप शैलीमा कर्मचारी तथा कामदार भर्ना गरेको स्थानीय लटौलाले बताए ।
स्थानीयहरुले आफ्नो योग्यता अनुसारको रोजगारी पाउनु पर्ने भन्दै विगत तीनदेखि उद्योगको गेटमा धर्ना दिदै आईरहेका छन् ।
कर्मचारी भर्नाको लागि आवेदन दिदाँ आवेदन नै फिर्ता गरिदिएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रनु परेको स्थानीय सुदिप कार्कीले बताए।
बस्तिको बीच र पूर्वपश्चिम राजमार्गको किनारमै उद्योग छ । यही उद्योगको कारण खोलानाला, वायु प्रदुषण, खोती योग्य जमिनको उत्पादन क्षमतामा ह्रासदेखि उद्योगमा आउने मालबाहक ट्रक सडक किनारमा पार्किङ्ग गर्दा सडक दुर्घटना बढ्दै गएको स्थानीयहरु बताउँछन् ।
स्थानीयहरुले आफुहरुको माग पुरा नभए दैनिक उद्योग घेराउ गर्ने र उत्पादन समेत रोक्ने चेतावानी दिएका छन् । यसअघि उद्योगभित्र सञ्चालन गरिएको मेसिनबाट भूकम्पीय शक्ति उत्पन्न हुँदा उद्योग नजिकै रहेको काकाको पाटी प्यालेसमा क्षति पुगेको थियो ।
उद्यागले गर्नुपर्ने सामाजिक उत्तरदायित्वको काम प्रयाप्त नदेखिएकोले स्थानीय प्रशासनसंगको समन्वयमा छलफल गरि स्थानीयले उठाएको मागको सम्बन्धमा उद्योगसँग आवश्यक समन्वय गर्ने वडा अध्यक्ष ढलक बहादुर थापाले बताए ।
यस बिषयमा जानकारी लिन खोज्दा उद्योगका प्रशासन तथा कर्मचारीहरुले कुनै प्रतिक्रिया नै दिन चाहेनन् ।