बागमती प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री

अखबार हब
२०८१ श्रावण १२, शनिबार २१:२४

हेटौंडा । बागमती प्रदेश सरकारले शनिबार पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ । प्रदेश सरकारको मन्त्रीमण्डल सङ्ख्या बढाइएको छ । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसको तर्फबाट ४ जना मन्त्री थपेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ गराएको छन् ।

विस्तारित मन्त्रिपरिषद्अनुसार हरिप्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय , सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमल ठकुरी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय तथा मिनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उनीहरूको शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ । बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो ।

बुधवार नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएका छन् । मदुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*