परिणाममुखी काम गर्न मन्त्रीहरुलाई एमाले बागमती संसदीय दलको निर्देशन

अखबार हब
२०८१ श्रावण १५, मंगलवार ०८:०३

हेटौंडा । बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट सहभागि भएका मन्त्रीहरुलाई परिणाममुखी काम गरेर देखाउनका लागि संसदीय दलले निर्देशन दिएको छ ।

प्रदेशको बिभीन्न मन्त्रालयमा एमालेका तर्फबाट सहभागि भएका मन्त्रीहरुसंगको अन्तरक्रिया कार्यक्रममा सोमबार एमाले बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक पारदर्शीतामा बिशेष ध्यान दिन पनि निर्देशन दिएका छन् ।

प्रदेश सरकारमा रहेर काम गरुन्जेल सम्मका लागि बजेट कार्यान्वयन, समझदारी कायम गर्दै परिणाममुखी काम गर्न निर्देशन दिए । अहिले बजेट कार्यान्वयनका लागि कार्यबिधी बनाएर कार्यान्वयनमा लैजान पनि उनले निर्देशन दिए । जनतालाई शुशासन दिने काममा उच्च प्राथमिकता दिनका लागि निर्देशन समेत दिए ।

हरेक काममा प्रतिस्पर्धा गर्ने तर, सरकारको काममा समन्वय र समझदारी कायम गर्नुपर्ने उनको भनाइ छ । सरकार समिकरणमा हुने असमझदारीका काम नगर्न पनि संसदीय दलका नेता थपलियाले निर्देशन दिए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, एमाले बागमती प्रदेशका उपाध्यक्ष दावा दोर्जे लामा, बागमती प्रदेश सरकारमा सहभागि ६ वटा मन्त्रालयका मन्त्रीहरु सहभागि थिए । मन्त्रीहरुले पनि एमाले संसदीय दलको निर्देशन अनुसार काम गर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*