बागमती प्रदेश मातहतका सडकमा बाढी, पहिरोको अवरोध हटाउन प्रतिकार्य टोली

अखबार हब
२०८१ श्रावण १६, बुधबार १९:५८

हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश स्तरिय सडकमा बाढी, पहिरोको अवरोध हटाउन प्रतिकार्य टोलीको काम सुरु भएको छ ।

मन्त्रालयले आज द्रुर्त प्रतिकार्य  टोली गठन गरेर परिचालन समेत गरेको हो । यस कामका लागि यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक पुस्कर प्रसाद पोखरेलको संयोजकत्वमा ५ सदस्य टोली गठन गरेर काम सुरु गरिएको छ ।

यस टोलीले अबरुद्ध भएका मुख्य प्रादेशीक सडकहरुको पहिचान गरेर काम निरन्तर गर्ने, सूचना संप्रेशण गर्ने, बैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रुपमा अबरुद्ध सडकहरु यथाशीघ्र छिटो सूचारु गर्ने, अन्तर निकायमा समन्वय गर्ने लगायतका कामहरु गर्ने छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले जनसरोकारका विषयमा भौति पूर्वाधार मन्त्रालयले काम गर्न लागेको बताए ।

जनउत्तरदायी ढंगले काम गर्नेगरी आज यो टिम गठन गरिएको उनले बताए । रुग्ण आयोजनाहरुका विषयमा पनि टिम बनाएर रिपोर्ट तयार गर्ने काम भइरहेको मन्त्री मास्केले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*