मनहरीमा बाघ मृत अवस्थामा फेला

अखबार हब
२०८१ भाद्र ६, बिहीबार ०८:२०

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ६ प्रतापुरमा जङगली जनावर बाघ मृत अवस्थामा फेला परेको छ । बिहिबार विहान ३ बजेको समयमा प्रतापुर बस्ने बल बहादुर राईको गोठमा बाघ मृत अवस्थामा फेला परेको हो ।

राईको जस्ताको छानो भएको गोठमा रहेको भैंसीलाई जंगली जनावर बाघले आक्रमण गर्दा एक वटा भैंसी घाइते भएको र सोहि गोठमा बाघ समेत मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बाघ बुढो रहेको कारण भैंसीले हान्दा बाघको मृत्यु भएको पर्सा बन्यजन्तु आरक्षण मध्यवर्ती क्षेत्रले जनाएको  मकवानपुर प्रहरीले बताएको छ ।

उक्त क्षेत्र चितवन राष्ट्रिय निकुन्जको पर्ने भएकोले विहान ६ बजेको समयमा चितवन राष्ट्रिय निकुन्ज सौराहबाट खटीएको नेपाली सेनाको टोलीले उक्त मृत बाघ बुझेको प्रहरीले जनाएको छ ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)