एलिसा हत्याका मुख्य आरोपित समीर खान पक्राउ

अखबार हब
२०८१ भाद्र १७, सोमबार २१:१२

हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा ९ भदौमा भएको २३ वर्षीया युवती एलिसा न्यौपानेको हत्यामा संलग्न मुख्य आरोपित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौंडा–४, कमलडाँडाका समीर खान रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए । खानलाई हेटौंडा उपमहानगरपालिका ५ लट्टिनाथ क्षेत्रबाट सोमबार प्रकाउ गरिएको हो । उनका अनुसार, खानलाई भाग्न सहयोग गरेको आरोपमा यसअघि नै उनकी आमा ५५ वर्षकी सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुनलाई र ससुरा पर्सा वीरगञ्जका ५६ वर्षीया लालबाबु खाँ पठानसहित उनका छोरा ३० वर्षीय फैयाज अहमद पक्राउ परिसकेका छन् ।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको छ । हेटौंडा–११ थानाभर्‍याङकी न्यौपानेको शव भदौ १० गते होटलको कोठा नम्बर २०५ मा फेला परेको थियो । डीएसपी भण्डारीका अनुसार, होटलभित्रै उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*