न्वागीको अवसरमा मकवानपुरको राक्सिराङमा दुई दिन सार्वजनिक बिदा

अखबार हब
२०८१ भाद्र १९, बुधबार ०७:५५

हेटौंडा । चेपाङ समुदायको मुख्य पर्व न्वागीको अवसर पारेर मकवानपुरको राक्सिराङ गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ ।

सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा छोनाम अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो ।

पालिकाले न्वागीको अवसरमा भदौ २१ गते र २२ गते सार्वाजनिक बिदा दिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्तक्षरित सूचनामार्फत सार्वजनिक बिदाको बारेमा जानकारी गराइएको हो ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवम् शिक्षण संस्थाहरूमा बन्द हुने जानकारी दिएका छन् । ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्त्वपूर्ण अङ्गको रूपमा प्रकृति पुजक अति सीमान्तकृत चेपाङ जातिको महत्त्वपूर्ण पर्व न्वागी (छोनाम) को अवसरमा गाउँपालिकाभरी स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ । यस पालिकामा ४३.९६ प्रतिशत चेपाङ समुदायको बसोबास रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*