धार्मिक कार्यमा युवाको चासो बढ्नु सकारात्मकः कालाखेती
हेटौंडा । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले धार्मिक कार्यमा युवाको चासो बढ्नु सकारात्मक भएको बताएका छन् ।
बिहिबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ श्रीकृष्ण मन्दिरमा सुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै अध्यक्ष कालाखेतीले अन्य स्थानमा सनातन धर्म संस्कृति जोगाउन युवाको चासो घट्दै गएको समयमा मनहरीका युवा सक्रिय भएकोमा खुसि ब्यक्त गरेका छन् ।
यस क्षेत्रलाई कहिले धार्मिक, कहिले खेलबाट मोर्डन युथ क्लबले जोड्ने काम गरेर सबैको मन जीतेको बताए । महायज्ञको दिन पारेर मनहरी १ मा रहेको स्वस्थ्यचौकी भवनसमेत उद्घाटन गरिएको छ ।
सप्ताह २६ भदौ सम्म सञ्चाल गरिने र यसबाट संकलिक दक्षिणा रकम श्रीकृष्ण मन्दिरको बिस्तार, व्यवस्थापन तथा अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको महायज्ञ आयोजक समितिका संयोजक भोलानारायण तिमल्सिनाले जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष शिब प्रसाद खनाल कथा वाचक पण्डित कपिलदेव भट्ट, उपवाचक पण्डित डेगनाथ ढकाल साथै विभिन्न संघसंस्था बाट आतिथ्यता रहेको थियो ।