भक्तपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अखबार हब
२०८१ भाद्र २३, आईतवार २२:२३

हेटौंडा । बागमती प्रदेश सरकारले सूर्यविनायक नगर अस्पताललाई मेडिकल सामाग्री तथा औषधिहरु हस्तान्तरण गरेको छ ।

आइतबार एक कार्यक्रमका बीच बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा संचालित अस्पताललाई ४५ लाख बराबरको सामाग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले सबै जनताको स्वास्थ्यमा पहुँच हुनुपर्ने बताए । स्वास्थ्य सामाग्रीलाई पारदर्शी बनाई नागरिकलाई सेवा दिनेगरी सञ्चालन गर्न उनले आग्रह गरे ।

बिरामीको उपचारमा साना साना सामाग्रीले ठूलो सहयोग पुग्ने भएकाले सामानको सही सदुपयोग गर्नुपर्नेमा मन्त्री थापाको जोड थियो ।

अस्पतालबाट माग भए बमोजिम बागमती प्रदेश , स्वास्थ्य मन्त्रालय अन्तर्गत् स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र हेटौंडाद्वारा सीप्याप मेसिन, बिप्याप मेसिन, हाइ फ्लो नोजल क्यानुला, प्यासेन्ट मनिटर , डेफिब्रीलाटर मेसिन, माइक्रोस्कोप, ईसीजी मेसिनलगायत औषधिहरु अस्पतालका प्रमुख डा. राकेश कुमार वर्मालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा आपुर्ति केन्द्रका निर्देशक वसन्त अधिकारी, मन्त्रालयका महाशाखा प्रमुख एवम् प्रवक्ता डा. खगेश्वर गेलाल लगायत सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*