हस्तकला संघका प्रतिनिधिसँग उद्योगमन्त्री तामाङले गरिन् छलफल
हेटौंडा। बागमती प्रदेशकी उद्योग , वाणिज्य , भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ्ले हस्तकला संघका प्रतिनिधिहरुसँग छलफल गरेकी छिन् ।
सोमवार मन्त्रालयमा हष्तकला संघका प्रतिनिधिहरुसँग मन्त्री तामाङले छलफल गरेकी हुन् ।
छलफलका क्रममा मन्त्री तामाङले हस्तकलालाई बागमती प्रदेशमा मात्रै नभई सातै प्रदेशमा जाने खालको वातावरण बनाउन प्रतिनिधिहरुलाई आग्रह गरे । उनले हष्कलालाई प्रवद्र्धन गर्न आफ्नो प्रमुख उदेश्य रहेको बताउँदै आईपर्ने कानुनी अड्चन फुकाउने काम गर्ने पनि बताए ।
मन्त्री तामाङले बागमती प्रदेश सभाको बैठकबात ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन ऐन, २०८०’ विद्येयक पनि पारित गर्ने तयारी भएको बताउँदै त्यसले पनि थप केहि सहज हुने बताए ।
हस्तकला संघका प्रतिनिधिहरुको हितमा रहेर काम गर्ने बताउँदै मन्त्री तामाङ्ले उद्यमीलाई दर्ता प्रकृयामा सहज वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे ।
छलफलमा हस्तकला महासंघ बागमती प्रदेशका अध्यक्ष नविन शाक्य , उपाध्यक्ष अवानीश प्रधानाङ्ग , महासचिव मनमोहन सिंह मल्ल , उनिजन्य बस्तु विकास संघकी अध्यक्ष रेखा अर्याल लगायत हस्तकला संघका विभिन्न जिल्लाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।