शाम्बालाले ९७ औं ओस्कारमा प्रतिनिधित्व गर्ने

अखबार हब
२०८१ आश्विन ५, शनिबार ०९:२३

काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्बाला’ छनोट भएको छ ।

मीन भामको चलचित्र ‘साम्बाला’ले अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको लागि नेपालबाट प्रतिनिधित्व गर्ने भएको हो ।

शाम्बाला गत हप्ताको शुक्रबारदेखि प्रदर्शनमा आएको हो । उक्त चलचित्रको भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा गत आइतबार प्रिमियर गरिएको थियो ।

शाम्बाला जर्मनीमा सम्पन्न ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि छनोट भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*