कवि यश लामाको कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक

अखबार हब
२०८१ आश्विन ५, शनिबार २२:०७

हेटौंडा । कवि यश लामाको पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक गरिएको छ।

शनिबार हेटौंडामा भएको एक साहित्यिक कार्यक्रममा डा. रामजी राम, साहित्यकार निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उनकी छोरीले कवितासंग्रह सार्वजनिक गरेका हुन्।

बाराको निजगढ नगरपालिका– ७ का स्थायीवासी लामाले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गरिएको छ। कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताए।

सांग्रिला बुक्सद्वारा प्रकाशित कवितासंग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले टिप्पणी गरेका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published.


*