हस्तकलाग्राम स्थापना तथा संचालन गर्न बनेको विधेयक बागमती प्रदेश सभाबाट पारित

अखबार हब
२०८१ आश्विन ७, सोमबार १९:१४

हेटौंडा । बागमती प्रदेशले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । सोमवार बसेको बागमती प्रदेश सभाको बैठकबाट उक्त विधेयक सर्वसम्मत पारित भएको हो ।

प्रदेशकी उद्योग , वाणिज्य , भुमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले पेस गरेको उक्त विधेयक पारित गरियोस भन्ने प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रदेश सभामा पेस गरेका थिए । सभामुख पाठकले पेस गरेको उक्त विधेयकलाई सांसदहरूले सर्वसम्मत स्वीकृत गरेका हुन् ।

२५ असोज २०८० मा तत्कालिन उद्योग , वाणिज्य , भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रदेश सभामा दर्ता गरेको उक्त विद्येयक करिव एक वर्षपछि पारित भएको हो ।

आईतवार उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए ।

विद्येयक पारित भएसँगै हस्कलालाई बागमती प्रदेशको अर्थतन्त्रको प्रमुख क्षेत्रको रुपमा विकसित गरी स्वदेशी पुजी , स्थानीय सीप तथा कला र स्रोतको अधिकतम परिचालन गराई स्वदेशमा निर्मित हस्तकलाका वस्तुहरुको पहिचानलाई विश्व बजारमा स्थापित गर्न मदत पुग्ने मन्त्री तामाङ् बताईन । साथै स्वदेशमा समेत हस्तकला सामग्रीहरुको प्रयोगमा वृद्धि गर्न र छरिएर रहेका लघु तथा घरेलु हस्तकला उद्योगहरुलाई एकीकृत गरी उत्पादन र हस्कला उद्योगहरुको उत्पादकत्व अभिवृद्धि गर्न बागमती प्रदेशभित्र हस्तकलाग्राम स्थापना र सञ्चालन सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले ऐन बनाएको मन्त्री तामाङ्ले जानकारी दिईन् ।

हस्तकलाग्राम महासंघका केन्द्रिय अध्यक्ष प्रचण्ड शाक्यले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि तीन गुणाले उत्पादन र निर्यात बढाउन सकिने बाटो खुलेको बताए । उनका अनुसार ८० प्रतिशत हस्तकलाग्राम बागमती प्रदेशबाट निर्यात भईरहेको छ । देशभर १९ वटा जिल्लाका हस्कलाग्राम संघहरु आवद्ध छन् ।

हस्तकलाग्रामभित्र १३ वटा बस्तुगत संघहरु आवद्ध छन् । जसमध्ये पश्मीना, फेल्ट, धातुका सामान, काठका सामान, प्राकृतिक रेशाजन्य सामग्री र मिथिला पेन्टिङ हस्तकलाग्राम भित्र पर्दछन् । कपडाबाट बनेका सामानहरूमा खास गरेर पश्मीना, सुती, फलाटिन, रेशम, अल्लो र ढाकाबाट उत्पादित सामानहरू पर्दछन् भने ऊनबाट बनेका सामग्रीहरू पनि पर्दछन् । यसै गरी सिल्भर, काठ, विभिन्न किसिमका पत्थर, छाला, बेतबाँस, थांकालगायत हस्तलाग्राम भित्र पर्दछन् भने कपडाबाट बनेका सामानहरूमा खास गरेर पश्मीना, सुती, फलाटिन, रेशम, अल्लो र ढाकाबाट उत्पादित सामानहरू पर्दछन् ।

यसैगरी ऊनबाट बनेका सामग्रीहरू , सिल्भर, काठ, विभिन्न किसिमका पत्थर, छाला, बेतबाँस, थांकालगायत भाडाहरूमध्ये खास गरेर गमला, घ्याम्पो, घैँटो, हाँडी, खुत्रुके आदि हस्तकलाग्राम भित्र पर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*