हेटौंडा ९ बालमैत्री वडा घोषणा गरिने
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बालमैत्री वडा घोषणा हुने भएको छ । यहि असोज ११ गते वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीसँगै गरेको हो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारीसँगै नगरको बालमैत्री वडामध्य सातौं वडा हेटौंडा–९ बन्ने भएको छ । वडा घोषणा गर्ने मात्र होइन घोषणा पछिको जिम्मेवारीलाई समेत बहन गर्ने गरी अभियानमो जोडिएको हेटौंडा–९ का अध्यक्ष एवम् बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा मुल समारोहका संयोजक सुकराम केसीले बताए ।
सोमबार वडामा आयोजित पत्रकार सम्मेलनमा सभ्य र भव्य कार्यक्रम गर्ने तयारीमा रहेको भन्दै महाअभियानमा सबैलाई सहयोगी बन्न आवहन गरे । उनका अनुसार बालमैत्री स्थानिय शासन घोषणाका लागि आवश्यक रहेको ५१ सुचकलाई पुरा गर्दै आउँदो ११ गते वडालाई बालमैत्री घोषणा गरीने जानकारी दिए ।
यस अघि हेटौंडा उपमहानगरपालिकाको ८, २, ७, १७, ४ र १० नम्बर वडा बालमैत्री घोषणा भैसकेका छन् । यस अघि पुर्ण खोप, पुर्व साक्षर र खुल्ला दिशा मुक्त वडा घोषणा भैसकेको हेटौंडा ९ लाइ सातौं वडाको रुपमा बालमैत्री स्थानिय शासन युक्त बनाउँन लागिएको हो । घरधुरी तथ्याङक २०७९ अनुसार १८ बर्ष मुनिका २ हजार ७०७ जना रहेकोमा १ हजार ४४५ बालक र १ हजार २६२ जना बालिकाहरु रहेका छन् ।
बालमैत्री घोषणा पुर्व वडामा २५ वटा बाल समुह र १ बाल सञ्जालमा ६२५ जना बालबालिका आवद्ध रहेका छन् भने बिभिन्न संरचनागत समितिमा गरी ६५५ जना बालबालिकाहरको प्रत्यक्ष सहभागिता रहेको वडा कार्यालयका सचिब राजेन्द्र पोखरेलले जानकारी दिए ।