इन्द्रसरोवरको दुबै ढोका खोलेपछि घट्न थाल्यो पानीको सतह

अखबार हब
२०८१ आश्विन १२, शनिबार ०९:५१

हेटौंडा । लगातारको वर्षाका कारण खतराको चिन्ह पार गरेको इन्द्रसरोवरको दुइवटा ढोका खोलेपछि सरोवरको जलसतह घटन थालेको छ।

भरिएर १ हजार ५३१ मिटर पुगेको जलसतह १ हजार पाँच सय ३०.६९ मिटर आइपुगेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । जलासयको दुबै ढोका आम्सिक रुपमा खुला गरेपछि पानीको सतह घट्न थालेको हो । प्रमुख तारादत्त भट्टले सरोवरको दुबै ढोका साढे चार मिटर खोलिएको जानकारी दिए ।

उनका अनुसार समुन्द्री सतहदेखी १ हजार ५ पाँच सय ३० मिटर पानी संकलनको क्षमता रहेको जलाशयमा आज बिहान् ४ः५० बजे १ हजार पाँच सय ३१ मिटर पुगेको थियो । ड्यामको दुबै ढोका खोलेपछि अहिले बिहान् ८ः३० बजेसम्ममा जलसतह १ हजार पाँच सय ३९.६९ मिटरसम्म आइपुगेको छ ।

इन्द्रसरोवरको जलाधार क्षेत्रमा लगातार ठूलो पानी परिरहेकोले ड्यामको सुरक्षाको लागि दुईवटै ढोका र बिधुत उत्पादन पुर्ण क्षमतामा संचालन गरिएको प्रमुख भट्टले बताए । उनले पानी पर्न केही कम भए सरोवरको जलसतह छिटै घट्न सक्ने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*