चणिकलाललाई डेढलाख नगदसहित सम्मान गर्ने

अखबार हब
२०८१ आश्विन १४, सोमबार १४:२४

हेटौंडा। ललितपुर नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए । काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए ।

तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यवाद दिएको पनि मुख्यमन्त्री लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*