कैलाश गाउँपालिकामा किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालीम

अखबार हब
२०८१ आश्विन १५, मंगलवार ११:३६

हेटौंडा । कैलाश गाउँपालिकामा तीन दिने किशोरी सुरक्षा तथा आत्मरक्षा सीप विकास तालीम सम्पन्न भएको छ ।

असोज १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको तालिममा पालिका भित्रका ४८ वटा विद्यालयबाट १/१ जना शिक्षकको सहभागिता रहेको थियो । तालिममा विद्यालय उमेरका बालबालिकाहरुको सुरक्षा र आत्मरक्षा सीप विकाससम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण दिइएको स्रोत शिक्षक ध्रुवराज विष्टले जानकारी दिनुभयो ।

तालिमको उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले यस किसिमको तालिमले विद्यालय उमेरका वालवालिकाहरुलाई सुरक्षित हुन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । वार्षिक स्वीकृत कार्यक्रमअनुसार तालिम आयोजना गरिएको उहाँले बताउनुभयोे । तालिममा सहभागि शिक्षकहरुले आफ्नो विद्यालयमा गई कम्तिमा ६ महिनाको कार्यतालिका बनाएर बालबालिकाहरुलाई सिकाउनु पर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

तालिमका प्रमुख प्रशिक्षक तथा किड पावर इन्टरनेशनलका नेपाल प्रतिनिधि सुष्मा पोखरेलले विद्यालयका वालवालिकालाई तालिममले आत्मविश्वास वृद्धि गर्ने बताउनुभयो । उहाँले हरेक ब्यक्तिलाई सुरक्षा तथा आत्मरक्षा सीप आवश्यक रहेको बताउनुभयो ।

तीन दिनसम्म चलेको उक्त तालिम कैलाश गाउँपालिका महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाको संयोजन र किड पावर नेपालको सहजिकरणमा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*