मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश

अखबार हब
२०८१ आश्विन १५, मंगलवार १६:३८

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०र५० हजार रूपैयाँ धरौटी मागेको हो । प्रसाईँले एक लाख रूपैयाँ धरौटी बुझाउनुपर्ने छ । साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको हो ।

प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।

उनी ९ दिनअघि पक्राउ परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*