पहिरोमा परि मृत्यु भएका जुनियर खेलाडीको सम्झनामा दिप प्रज्वलन

अखबार हब
२०८१ आश्विन १५, मंगलवार १९:४९

हेटौंडा । पहिरोमा परि मृत्यु भएका जुनियर खेलाडिको सम्झनामा मैनवत्ती प्रज्वलन गरिएको छ ।

मंगलबार साँझ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ स्थित मोडन युर्थ क्लबले पहिरोमा परि मृत्यु भएका जुनियर खेलाडीको सम्झनामा मैनबत्ती प्रज्वलन गरेको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा शनिबार आएको पहिरोमा परी ६ जना खेलाडीको मृत्यु भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को युथ–१४ एकेडेमीमा रहेका ४० जना खेलाडीमध्ये ६ जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो ।

मकवानपुरका अनुपम घलान, सुमन योन्जन , दिवस बानियाँ, बाराको विकल रेग्मी, सर्लाहीको आदित्य वलम्पाकी र काठमाडौंको रियान्स आचार्य पहिरोमा परि मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*