मकवानपुरको चुच्चेखोलामा मात्र पाईने खुवा भिमफेदीको रानीखोलामा

हेटौंडा । मकवानपुरको चुच्चेखोलामा मात्र पाईने दुधको परिकार खुवा अब मकवानपुरको भिमफेदी गाँउपालिकाको रानीखोलामा पनि पाईने भएको छ ।
भिमफेदी गाँउपालीकाको आर्थिक सहयोगमा स्थानिय विशाल घिमिरेले भिमफेदीमै एस के डेरी उधोगको नामा खुवा,पेडा र चक्लेट उल्पादन र बिक्रि वितरण सुरुगर्नु भएको हो ।
दैनिक हजारौ साना सवारी गुड्ने छोटो दुरीको हेटौडा भिमफेदी कुलेखानी सडक खण्डामा गाँउ पालिकाका समेत सहयोगमा नयाँ प्रकृतिको खुवा व्यावसाय सुरु हुदा खुशी लागेको वताउदै भिमफेदी गाँउपलिकाका अध्यक्ष हिदम लामाले धेरै उत्पादन विक्रि वितरणमा भन्दा पनि गुणस्तरीय र सफा उत्पादन र निरन्तर एकै प्रकारको स्वदमा उत्पादन गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष लामाले स्थानिय उत्पादन र प्रर्वदनका लागि यूवाहरु आए पालिका सवैप्रकारको सहयोग गर्न तयार रहेको वताउदै बैदेशिक रोजगारमा भन्दा स्वरोजगार हुन यूवाहरुलाई आह्वान गर्नुभयो ।
भिमफेदी गाँउपलिकाका उपाध्यक्ष संजिव श्रेष्ठले पालिकाको आम्दानी बढाउन, स्थानीय उत्पादनको प्रयोग स्थानीय स्तरमैगर्न प्रोतसाहन गर्न तथा स्थानीय स्तरमा रोजगारको श्रृजनागर्न पालिकाले लघुउधमीहरुलाई प्रोत्साहन गर्ने निति लिएको बताउनु भयो ।
भिमफेदी गाँउपालिकाको लघुउधम शाखाबाट एकलाख बराबरको आर्थिक सहयोग भएपछि पालिका भित्रै उत्पादन भएको दुधलाई स्थानीय स्तरमानै प्रयोगमा ल्याउदा दुध उत्पादनमा समेत प्रोत्साहन हुने र बजारमा समयमानै दुधको भुक्तानी नहुने समस्याले मारमा परेका किसानलाई साहत र स्वरोजगार हुनकालागि गााउमानै खुवा,पेडा र चक्लेट उल्पादन गर्न थालिएको उधोगी विशाल घिमिरेले वताउनु भयो ।
भिमफेदी गाँउपालिका वडानं.४ का अध्यक्ष सागर पाण्डेले आफ्नै वडामा भएको उधोगको प्रर्वधनमा वडाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
आजै ४ नम्बर बडामा संचालित स्थानीय उत्पादन लोकल कुखुरा तथा लोकल खसिको मासु पसलको उद्घाटन पालिकाका उपाध्यक्ष सन्जिव श्रेष्ठ र बाढी पहिरो पीडित एव असाहयहरुका लागि लक्षित कपडा बैंकको उद्घाटन वडा अध्यक्ष सागर पाण्डेले गर्नु भएको थियोे ।
कार्यक्रममा भिमफेदी गाउँ पालिका सदस्यहरु , वडा सदस्यहरु, कार्यालयका लघु उधम शाखाका निरज भट्टराई , जिल्ला लघु उधम संघ समूह डिमेघा का मकवानपुर अध्यक्ष दिपेन्द्र रोक्का लगायतको उपस्थिति रहेको थियोे ।