बागमती प्रदेशसभाको बर्षे अधिवेशन अन्त्य

अखबार हब
२०८१ आश्विन १६, बुधबार २०:०८

हेटौंडा । बागमती प्रदेशसभाको चालु(बर्षे) अधिवेशन अन्त्य गरिएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेशसभाको दोस्रो कार्यकालको चौथो तथा १४औं अधिवेशन अन्त्य गरिएको हो ।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद दोवकोटाले संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश अधिवेशन अन्त्य गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्‌को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रदेशसभाको अधिवेशन प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभाको अधिवेशन अन्त्य गर्नेसम्बन्धी पत्र आएको बताए ।

गत ३१ वैशाख २०८१ बाट सुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनमा ३७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*