मनहरीमा बस र ट्रक ठोक्किदा ३० जना घाईते( नामावलीसहित)
हेटौंडा । मकवानपुरमा बस दुर्घटना हुँदा ३० जना घाईते भएका छन् । आज मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ चौकीटोलमा बस र ट्रक ठोकिदा ३० जना घाइते भएका हुन् । घाइते मध्य २६ जनाको भरतपुरमा उपचार भइरहेको छ भने ४ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
पुर्व पश्चिम सडकखण्ड अन्तर्गत चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना ७ ख ३१२० नंबरको बस र मनहरीबाट चितवन तर्फ जादै गरेको ना ६ख ३११९ नंबरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३० जना घाइते भएका हुन् ।
दुर्घटना लगतै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको कमाण्डमा टोली खटी गई उद्धार गरी घाईते उपचारको लागी चितवन तर्फ पठाएको हो ।
घाइते मध्यक्ष पुरानो मेडिकल कलेज चितवनमा १३ जना र नँया मेडिकल कलेज चितवतमा १३ जना गरि २६ जना र ४ जना घाईते हेटौंडा अस्पताल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाईतेको नामावली
नया मेडिकल कलेज भरतपुर चितवनमा उपचार भई रहेको घाईतेहरु सबैको अबस्था मध्यम
१) जिल्ला रौतहट चन्द्रनिगाहपुर बस्ने बर्ष अं.४४ को शत्रु राज सिलवाल टाउकोमा चोट
२) जिल्ला पाल्पा घर भएका बर्ष अं.३६ की ममता नेपाली टाउकोमा चोट
३ ) जिल्ला चितवन राप्ति न.पा.११ बस्ने बर्ष अं. १० की मुना लोप्चन टाउकोमा चोट
४ ) जिल्ला मकवानपर हे.उ.म.न.पा ४ बस्ने बर्ष अं. ४५ की शुसिला पराजुली टाउकोमा चोट
५ ) जिल्ला चितवन राप्ति न.पा.११ बस्ने बर्ष अं. ३० की ममता तामाङ
६ ) ऐ.ऐ.बस्ने बर्ष अं.११ की मनिषा तामाङ हातमा चोट
७ ) जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा १ बस्ने बर्ष अं.३५ को गणेश लामा ।( ट्रक चालक)
८ ) जिल्ला पाल्पा रामपुर ६ बस्ने बर्ष अं. १५ की आशिका नेपालीको खुट्टामा चोट
९ )जिल्ला रौतहट चन्द्रनिगाहपुर ८ बस्ने अ.बर्ष १५ को भिम कुमार थापाको हातमा चोट
१० )जिल्ला तनहु घिरीङ गा.पा २ बस्ने बर्ष अं.३१ की नन्द कलि थापा टाउकोमा चोट
११ )निजको छोरी बर्ष अं. ९कि मिनाक्सी थापा छातिमा भित्री चोट
१२) जिल्ला मोहतरी बर्दिबास ५ बस्ने बर्ष अं. ३४ को गोरे ब.परियार टाउकोमा
१३) ऐ.ऐ.बस्ने बर्ष अं.३० को बिमल कुमार परियार टाउकोमा र खुट्टामा चोट
पुरानो मेडिक कलेज उपचार भई रहेको घाईतेहरु:
१) जिल्ला पाल्पा रामपुर न.पा ९ बस्ने बर्ष अं.३५ को भिम ब.नेपाली दाया खुट्टमा चोट अवस्था मध्यम
२ )ऐ.ऐ.बस्ने निजको छोरी बर्ष अं.१० की अमिना नेपाली टाउकोमा चोट अवस्था मध्यम
३ )निजको छोरा बर्ष अं.६ को अंकित नेपाली खुट्टामा चोट अवस्था मध्यम
४) जिल्ला चितवन राप्ति न.पा.११ बस्ने बर्ष अं.३५ की शान्ति माया थिङ छाति र टाउकोमा चोट अवस्था मध्यम
५ ) ऐ.ऐ.बस्ने निजको छोरा बर्ष अं.१२ को लख्वा दोर्जे तामाङ अनुहारमा चोट अवस्था सामान्य
६ ) ऐ.ऐ. बस्ने निजको छोरी बर्ष अं.११ की सुष्मा लोप्चन अवस्था सामान्य
७ ) जिल्ला सर्लाही लालबन्दी न.पा.९ बस्ने बर्ष अं.५७ को तिलक बि.क खुट्टामा चोट अवस्था मध्यम
८) जि.रौतहट चन्द्रनियापुर न.पा.४ बस्ने बर्ष अं.२१ कि तारा गुरुङ टाउकोमा चोट अवस्था मधयम
९ )ऐ.ऐ.बस्ने बर्ष अं. २५ को पुस्कर गुरुङ हातमा चोट अवस्था सामान्य
१०) जिल्ला चितवन राप्ति न.पा.११ बस्ने बर्ष अं.३१ को चित्र तामाङ छातिमा चोट अवस्था मध्यम
११) जिल्ला मकवानपुर मनहरी गा.पा.६ बस्ने बर्ष अं. १८ की सुहाना राई अवस्था सामान्य
१२ )जिल्ला महोतरी बर्दिवास ५ बस्ने बर्ष अं.३३ को बिनोद कु.परियार टाउकोमा चोट अवस्था मध्यम
१३ )जिल्ला चितवन भरतपुर महानगरपालिका २१ बस्ने बर्ष अं. २८ को प्रभु सापकोटा दाहिने खुट्टमा चोट अवस्था सामान्य
हेटौंडा अस्पताल उपचार भई रहेका घाईते :
१. जिल्ला बारा निजगढ ७ माझीटोल बस्ने बर्ष अं. ३८ को हरी कुमार माझी को दुबै हात र टाउकोमा चोट अवस्था मध्यम
२. ऐ.ऐ. बस्ने बर्ष अं. ३६ की सम्झना माझी मुखमा र दुवै घुडामा चोट अवस्था सामान्य
३. जिल्ला चितवन खैरेनी न.पा. २ बस्ने बर्ष अं. २९ को प्रज्वल कुमाल टाउकोमा चोट अवस्था मध्यम
४.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१२ बस्ने बर्ष अं. ५४ की सिता ढुंगानाको हात र खुट्टामा सामान्य चोट अवस्था सामान्य