लागूऔषध मुद्दाका फरार अभियुक्त मनहरीबाट पक्राउ

अखबार हब
२०८१ आश्विन ३०, बुधबार ०८:०८

हेटौंडा । अदालतले लागूऔषध मुद्दामा दोषी ठहर गरेका तर नौ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर मनहरी गाउँपालिका–७, रमनटारका ४६ वर्षीय मिलन लामा स्याङ्बोलाई प्रहरीले घरैवाट मंगलवार पक्राउ गरेको हो ।

मकवानपुर जिल्ला अदालतले २०७२ वैशाखामा लागुऔषध गाँजा र चरेश मुद्दामा स्याङ्बोलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले दसैंमा घरमा आएको मौका छोपेर पक्राउ गर्न सफल भएको थियो ।

कैद र जरिवाना असुल गर्न जिल्ला प्रहरी कार्यालयले मंगलबार नै अदालतमा पेस गरेको थियो । लामालाई कैद र जरिवाना असुल गर्न क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*