हेटौंडा- फाखेल- सिस्नेरी सडक तीन दिन बन्द

अखबार हब
२०८१ कार्तिक २, शुक्रबार १०:१३

हेटौँडा । मकवानपुरबाट कुलेखानी हुँदै काठमाडौँ जोडिने फाखेल र सिस्नेरी सडक तीन दिनको लागि बन्द हुने भएको छ ।

इन्द्रसरोबर गाउँपालिका-२ सिमखोलामा सडक मर्मत र होमपाइप हाल्ने काम सुरु भएकोले उक्त दुवै सडक तीन दिन बन्द रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कुलेखानी-फाखेल सडक बन्द भएको अवस्थामा कान्तिलोकपथ र त्रिभुवन राजपथको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौं बाट हेटौंडा आउनको लागि भने उक्त बाटो एकतर्फी खुला रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*