हेटौंडाको पल्पसा होटलमा मानन्धर मृत फेला

अखबार हब
२०८१ कार्तिक ३, शनिबार ०९:१४

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगर-२ स्थित पल्पसा प्याराडाइज होटलमा एक जना मृत फेला परेका छन् । काठमाडौं महानगर-७ चावहिल घर भएका ४७ वर्षीय अजय मानन्धर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीकाअनुसार मानन्धर गत असोज २७ गतेदेखि पल्पसा प्याराडाइज होटलमा बस्दै आएका थिए ।

शुक्रबार उनको साथिहरुले फोन गर्दा फोन नउठाए पछि शुक्रबार दिउँसो सोही होटलको ढोका खोली हेर्दा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी हेटौंडास्थित मामाघर आएको र यसअघि पहिला पनि हेटौंडा आउँदा सोही होटलमा बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्याम अर्यालले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*