हेटौंडामा खुकुरी प्रहार गरि फरार रहेका दुई जना प्रकाउ, एक अझै फरार

अखबार हब
२०८१ कार्तिक ५, सोमबार १९:४६

हेटौंडा । खुकुरी प्रहारगरि फरार रहेका तीन जना मध्य दुई जना प्रतिवादी प्रकाउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ जरुवाटोलका २२ बर्षिय रोहन खड्केलाई खकुरी प्रहारबाट घाईते बनाई फरार रहेका तीन जना मध्य दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

आईतबार बिहान ११ः३५ बजेको समयमा हेटौंडा १० टिसिएनरोड स्थित डेरामा बसीरहेका खड्केलाई अपरिचित मोटरसाईकलमा आएका तीन जना मानिसको समुहले अश्लिल शब्दहरु प्रयोग गरी ज्यानै मार्ने उदेश्यले धारिलो हतियार (खुकुरी) प्रहारगरि टाउँको, अनुहार,गर्दन तथा शरीरका बिभिन्न भागमा पटक पटक प्रहार गरी घाईते बनाई फरार रहेका थिए । फरार रहेका तीन जना मध्य दुई जनालाई आज प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

प्रकाउ पर्नेहरुमा हेटौंडा ११ का २९ बर्षिय बिशाल तामाङ र १८ बर्षिय सनिस घिमिरे रहेका छन् भने फरार रहेका १ जनाको खोजिकार्य भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*