बालिका बलात्कार गरेको ठहर गर्दै हेटौंडाका लोप्चनलाई १२ बर्ष जेल

अखबार हब
२०८१ कार्तिक ७, बुधबार १२:०७

हेटौँडा । जिल्ला अदालत मकवानपुरले बालिका बलात्कार गरेको ठहर गर्दै एक युवकलाई १२ वर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश शुकन्तला कार्कीको इजलासले हेटौँडा उपमहानगरपालिका–१४ बँदेलधापका ३८ वर्षीय मीनबहादुर लोप्चनलाई बालिका बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

अदालतले ५ लाख रुपैयाँ जरिवानाका साथै पीडकबाट पीडितलाई ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ ।

२०८० साउन १ मा १३ वर्षीया बालिकालाई दिदीको घरमा डाकेर ललाइफकाइ गरी बलात्कार गरेको र बालिकाका आफन्तले उक्त घटना थाहा पाएपछि प्रहरीमा उजुरी दर्ता गराएका थिए । प्रहरीले लोप्चनलाई साउन २ मा पक्राउ गरेको थियो । पक्राउ परेका लोप्चन अहिले पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*