हेटौंडाका दुई फरार प्रतिवादी पक्राउ

अखबार हब
२०८१ कार्तिक ७, बुधबार २०:१६

हेटौंडा । कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

ज्यान मार्ने उधोग गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका -४ बाट ४८ बर्षिय सानु लामा र वडा नम्बर ८ बाट तोईसाङ लामा बललाई मंगलबार राति पक्राउ गरेको हो ।

उनीहरुले हेटौंडा उपमहानगरपालिका-९ स्थित नेपाल पास्ता फुडाका संचालक बाबू कृष्ण प्रसाई र चित्र प्रसाईलाई कुटपिट गरेको प्रहरीको आरोप छ ।

नेपाल पास्ताका संचालकलाई ९ भदौमा कुटपिट गरि वारदात पश्चात् लामा र बल फरार रहेका थिए ।

डीएसपी श्याम अर्यालका अनुसार पक्राउ परेका लामा र बललाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*