चितवनमा हाइस र बस ठोकिँदा ४ जनाको मृत्यु, ६ घाइते

अखबार हब
२०८१ कार्तिक २३, शुक्रबार ०७:४९

चितवन । चितवनमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा हाइस र बस ठोकिँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको इलेक्ट्रिक हाइस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*