शैक्षिक सुधारमा प्राथमिकता दिएका छौं : सिग्देल
हेटाैँडा । हेटाैँडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले शैक्षिक सुधारलाई प्राथमिकता दिईएकाे बताएका छन् ।
शनिबार नन्दस्थान टाेल विकास संस्थाकाे साधारणसभा उद्घाटन गर्दै वडा अध्यक्ष सिग्देलले हेटाैँडालाई शैक्षिक केन्द्रकाे रूपमा विकास गर्न आवश्यक रहेकाेले धेरै शैक्षिक संस्था रहेकाे र धेरै विध्यार्थी यस वडाका शैक्षिक संस्थामा अध्ययन गर्ने भएकाेले शैक्षिक गुुणस्तर कायम गर्न ४ नं. वडाले ध्यान दिएर अभियान सञ्चालन गरिरहेकाे बताए ।
विध्यालयकाे गुणस्तर सुधार्न स्थानीय सरकारले प्रत्यक्ष रूपमा ध्यान दिनपर्ने र प्रयाप्त लगानी गर्नुपर्ने उनकाे जाेड थियाे । विकासमा जनताकाे लागि भएकाेले विकासमा जनसहभागिता र परिचालन महत्व पूर्ण हुने भन्दै वडालाई व्यवस्थित सुविधा सम्पन्न बस्ती र व्यवसायिक शहर बनाउन सबै तहकाे सरकारसंग समन्वय गरिरहेकाे, खेलकुद क्षेत्र अगाडि बढाउन र धार्मिक पर्यटनकाे रूपमा वडालाई विकास गर्न विशेष ध्यान दिएकाे बताए ।
सामाजिक रूपान्तरणकाे लागि सबै खाले विभेद, विकृति र हिँसा अन्त्य गर्ने र हरियाली र उज्यालाे वडा बनाउन सामाजिक अभियान सञ्चालन गर्नुकाे साथै भाषा, संस्कृति र साहित्यलाई जनस्तरमा पुर्याउन वडा कार्यालय लागि परेकाे उनकोकाे भनाई थियाे ।
साधारणसभाले पुन: देवकुमारी ढकालकाे अध्यक्षतामा उपाध्यक्ष उत्तरा कुमारी रूपाखेती, सचिव किसाेर दुलाल, सहसचिव निर्मल श्रेष्ठ र काेषाध्यक्ष उत्तम थापा सहित ९ सदस्यीय कार्य समिति चयन गरेकाे बताईएकाे छ ।
कार्यक्रममा हेटाैँडा उपमहानगरपालिका सामुदाय परिचालन प्रमुख गंगा चाैलागाई, अरनिकाे टाेल विकास संस्थाका अध्यक्ष बीरेन्द्र ढुङ्गाना, संस्थाका प्रमुख सल्लाहकार उत्तम शर्मा ढकाल सल्लाहकार राम श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम टाेल विकास संस्थाका अध्यक्ष देवकुमारी ढकालकाे अध्यक्षतामा भएकाे हाे ।