हेटौंडामा टि-१० किक्रेट प्रतियोगिता हुने, बिजेतालाई १ लाख

अखबार हब
२०८१ मंसिर ९, आईतवार १४:०९

हेटौंडा । हेटौंडामा टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम इत्तेहाद सङ्गठन जिल्ला कमिटी मकवानपुरले जिल्लामै पहिलोपटक सर्वाधिक राशिको क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

संगठनले आइतबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै यही मङ्सिर १२ गतेदेखि १५ गतेसम्म हेटौँडा–४, हुप्रचौरमा सञ्चालन हुने क्रिकेट प्रतियोगिता बारे जानकारी दिएको हो । प्रतियोगितामा बागमती प्रदेशका सात र मधेश प्रदेशका नौ टिमले सहभागिता जनाउने नेपाल मुस्लिम इत्तेहाद संगठन जिल्ला कमिटी मकवानपुरका बरिष्ठ उपाध्यक्ष अब्दुल्ला अन्सारीले जानकारी दिए ।

नकाउटको आधारमा खेलाइने प्रतियोगिताको विजेताले एक लाख नगद र उप बिजेताले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा बेष्ट ब्याट्स म्यान, बेष्ट बलर, हरेक खेलका प्लेयर अर्फ द म्याच र प्रतियोगिताका उत्कृष्टलाई ट्रफी प्रदान गरिने प्रतियोगिताका सह संयोजक प्रमोद मानन्धरले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालन गर्नका लागि करिव छ लाख रुपियाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बागमती प्रदेशका अध्यक्ष समिम खानले दुई प्रदेशबीचको सम्बन्ध स्थापित गर्न र खेलकुदको विकासका लागि क्रिकेट प्रतियोगिता गर्न लागिएको बताए । पत्रकार सम्मेलन कार्यक्रममा मकवानपुर क्रिकेट संघका सचिव बिनोद बानियाँ लगायत खेलाडिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*