झ्याम्बल कृषि फर्मलाई बागमती प्रदेशकै सर्वोत्कृष्ट उद्यमी पुरस्कार

अखबार हब
२०८१ मंसिर ९, आईतवार २१:०७

हेटौँडा । काभ्रेपलाञ्चोक जिल्लाको झ्याम्बल कृषि फर्म उद्योगले बागमती प्रदेशकै सर्वोत्कृष्ट उद्यमी पुरस्कार प्राप्त गरेको छ ।

दशौं राष्ट्रिय उद्योग दिवसका अवसरमा बागमती प्रदेशको उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले आयोजना गरेको नवप्रवद्र्धन उद्यमी सम्मान कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उक्त उद्योगकी सञ्चालक कमला लामालाई नगद १ लाख सहित सर्वोत्कृष्ट उद्यमीका रुपमा सम्मान गरेको हो ।

भोगटेको बोक्राको सेतो भागबाट क्यान्डी उत्पादन गर्दै आएको उक्त उद्योगले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका उत्कृष्ट उद्यमीलाई नगद ४० हजार सहित सम्मान गरिएको थियो ।

उत्कृष्ट उद्यामी सम्मान पाउनेहरुमा मकवानपुर जिल्लाबाट हेटौंडा १३ स्थित केम्हेन्दो एकिकृत कृषि फार्म, निलकण्ठ नगरपालिका –८ धादिङ स्थित युनिक पशुपन्छि तथा कृषि फार्म, रसुवा जिल्ला उत्तरगया गाउँपलिका ५ मा रहेको रसुवा एस एस टेलर्स एन्ड स्यानीटरी प्याड तथा माक्स उद्योग रहेका छन् ।

त्यस्तै, दुधौलि नगरपालिका ४ सिन्धुली स्थित वरपिपल दुना टपरी उद्योग, चन्द्रगिरी नगरपालिका ११ काठमाडौंको ओम फुड प्रोडक्ट, ललितपुर बागमति गाउँपालिका १ को श्रृजनशिल कृषि फामले पनि उत्कृष्ट उद्यमी पुरस्कार पाएका छन् ।

यस्तै, गौरीशंकर गाउपालिका ५ दोलखाको सुरी मौरी पालन तथा घार उद्योग, नुवाकोट जिल्ला स्थित नवयुवा कृषि फार्म, भक्तपुरको लक्ष्मी चिउरा उद्योग उत्कृष्ट उद्योगका रुपमा सम्मानित भएका छन् । सिन्धुपाल्चोकको कफी सहकारी उद्योग, रामेछापको मन्थली डिलक्स एग्रो फरेस्टी र काभ्रेपलाञ्चोकको बि.जे.एस ह्याण्डीकाफ्रट एण्ड पनौति सेभियर हाउस रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*