फास्ट ट्रयाकमा ट्रिपर दुर्घटना, चालकको मृत्यु

अखबार हब
२०८१ मंसिर २१, शुक्रबार ११:४२

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ झाक्रीडाँडा नजिक निर्माणाधिन तराई काठमाडौं द्रतमार्गको बाटोमा ट्रिपर दुर्घटना हुदाँ चालकको घटना स्थलमै मृत्यु भएको छ ।

आज बिहान करिब ८: १५ बजेको समयमा निर्माणाधिन तराई (काठमाण्डौ द्रुतमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

बकैयाको हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोको लागी ग्रावेल लिई जादैँ गरे ना ८ ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडक बाट २५|३० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा ट्रिपर चालकको सोही ट्रिपरले च्यापिएर दुर्घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । मृत्यु हुनेमा चितवन घर भएका अन्दाजि ४०।४२ बर्षिया सानु लो तामाङ रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*