लोकसेवा आयोगका सदस्य खड्काले लिए पदको सपथ

अखबार हब
२०८१ मंसिर २१, शुक्रबार १३:०१

मकवानपुर । एक साता अघि बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको उपस्थितीमा सदस्य खड्कालाई शपथ गराएका हुन् ।

प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको समेत उपस्थितिमा सदस्य खड्काले शपथ ग्रहण गरेका हुन् । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम गत मंसिर १३ मा खड्का आयोगको सदस्यमा नियुक्त भएका थिए ।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् । यससँगै आयोगको बोर्डले अब पूर्णता पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*