दोश्रो संकरणको बागमती प्रदेश लिग फुटबल पुस १० गतेबाट हेटौंडामा हुने

अखबार हब
२०८१ पुष २, मंगलवार १४:०८

हेटौंडा । दोश्रो संकरणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता पुस १० गतेबाट हेटौंडामा हुने भएको छ ।

बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि बागमती प्रदेश फुटबल संघले प्रदेश लिग फुटबल प्रतियोगिता गर्न लागेको बताएको हो ।

हेटौंडा उपमहानगरपालिका – ५ स्थित पिल्लेमा रहेको क्याम्पा मिनि रंगशालामा हुने प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागिता जनाउने आयोजकले बताएको छ । लिगमा नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष राजिव बस्नेतले बताए ।

प्रतियोगितामा बिजेता टिमले २ लाख र उपविजेताले एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । लिगमा यो वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा रामेछाप र रसुवा जिल्ला एन्फामा आवद्ध नभएको कारण सहभागीले नभएको बताईएको छ ।

पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव दिपक लामाले ट्राइसिट सार्वजनिक गरेका थिए । गत वर्षको पहिलो संकरणको विजेता जिल्ला धादिङ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*