हेटौंडामा हिरोको दुईवटा नयाँ मोडलका बाईक सार्वजनिक

अखबार हब
२०८१ पुष ४, बिहीबार २०:३३

हेटौंडा । हेटौंडामा हिरो मोटोकर्पको दुईवटा नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गरिएको छ ।

हेटौंडाको लागि हिरो मोटोकर्पको आधिकारिक बिक्रेता ओम अलिशा अटोमोटिभ प्रालिले दुईवटा नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो ।

बिहीबार एक कार्यक्रमका बीच शोरुमले मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यतामा हिरोको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले एक्स्ट्रिम १६० आर फोरभीको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ तोकेको छ । सीबीएस भेरियन्टको एक्स्ट्रिम १२५ आरको २ लाख ८९ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

मोटरसाइकल सार्वजनिक गर्दै ओम अलिशा अटोमोटिभका सञ्चालक ओम गिरीले उक्त मोटससाईकहरु उत्कृष्ट लुक्सका साथ आकर्षक पर्फमेन्स रहेको बताए । हिरो ब्रान्डका नयाँ उत्पादन बजारमा ल्याउँदा  खुसी लागेको बताए ।

आधुनिक फिचर समावेश भएका यी मोटरसाइक नेपाली ग्राहकको रोजाइमा पनि पर्ने गिरीले विश्वास व्यक्त गरे । साथै उनले यस मोटरसाइकलको खरिदमा विशेष छुटको व्यबस्था गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*