महिला उद्यमीले उत्पादन गरेका सामाग्री बिक्रिमा बजारीकरण मुख्य समस्या
हेटौँडा । हेटौंडामा महिला उद्यमी समूह र सञ्चारकर्मी बिच अन्तरक्रिया गरिएको छ ।
ग्रिन फाउन्डेसन नेपालको आयोजनामा हेटौंडामा महिला उद्यमी समूह र सञ्चारकर्मीबिच अन्तरक्रिया गरिएको हो ।
ग्रिन फाउन्डेसनले संचालक गरेको तालिम लिएका उद्यमी समूह र मकवानपुरका सञ्चारकर्मीबिच शनिबार गैसस महासंघ मकवानपुरको हलमा अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रियामा सहभागि महिला उद्यमीहरुले बजारिकरण र व्यवस्थापकीय अनुभव प्रमुख समस्या रहेको बताएका थिए । आफूले उत्पादन गरेका सामग्रीको निश्चित बजार नहुँदा समस्या परेको उनीहरुले बताएका छन् ।
चुलोचौकोबाट माथि उठेर बजार व्यवसायमा आबद्ध भैरहँदा चूनौति पनि उत्तिकै रहेको उनीहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै श्रमजीवि महिला काष्ठकला समूहकी अध्यक्ष विष्णु कुमारी राईले महिला समूहले उत्पालन गरेका सामग्री प्रगोगका लागि स्थानीय तहले नीति नै बनाएर जानुपर्ने बताईन । स्थानीय तहले स्थानीय स्तरमा उत्पादन हुने सामग्री अनिवार्य रुपमा प्रयोग गर्नु पर्नेमा उनले जोड दिए ।
लेबलिङ र प्याकिजिङ नहुँदा बनकरिया समुदायले उत्पादन गरेको अर्गानिक साबुनको बजारिकरण हुन नसकेको साबुन उद्योगकी अध्यक्ष सन्तोषी बनकरियाले बताईन ।
कार्यक्रममा बुङ्दल आयआर्जन कृषि समूह र कञ्चनजङ्घा कृषि सहकारी महिला उद्यमी समूहले पनि आफ्नो अनुभव सुनाएका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंको निर्वाचनमा विजयी भएका प्रदेश समिति र जिल्ला समितिलाई बधाई तथा सम्मान गरिएको थियो ।
समुहकी सचिव शान्ती कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका केन्द्रीय प्रतिनिधि आरती पाठकले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराएकी थिइन्।