हेटौंडामा सडक खाना महोत्सव
हेटौंडा । हेटौंडामा आजबाट सडक खाना महोत्सव सुरु भएको छ । “सडकमा जाऔं,सडकमा खाऔं, सडकमै रमाऔं” भन्ने मूल नाराका साथ मकवानपुर होटल एशोसिएसनले सडक खाना महोत्सवको आयोजना गरेको हो ।
हेटौंडा–४ स्थित हुप्रचौरको पूर्व तर्फको सडकमा आजबाट चार दिन सम्म सडक खाना महोत्सव हुने मकवानपुर होटल एसोसिएसनका अध्यक्ष दिलिस गोबिन्द जोशिले जानकारी दिए ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको महोत्सवमा खानाका पारखीहरुलाई पौराणिक देखि आधुनिक परिकारको स्वाद चखाउने र स्थानीय कलाकारहरुको साँस्कृतिक नृत्य, गायनद्वारा भरपुर मनोरञ्जन दिने मुख्य उदेश्य रहेको अध्यक्ष जोशिले बताए ।
महोत्सव सम्पन्न गर्न करिब १४ लाख ५० हजार रुपैँया खर्च हुने बताइएको छ । महोत्सवलाई ४० हजार खानाका पारखीले अवलोकन गर्ने अनुमान गरिएको छ ।