कुटपिटबाट घाईते मकवानपुरका गोपालीको उपचारको क्रममा मृत्यु
हेटौंडा । कुटपिटबाट घाइते मकवानपुरका हिराकाजी गोपालीको उपचारको क्रममा मृत्यु भएको छ ।
गत पुस ८ गते मकवानपुरको थाहा नगरपालिका वडा नम्बर- १० मा भएको घटनामा परि घाईते भएका मुलगाउँ बस्ने ५३ वर्षिय गोपालिको मृत्यु भएको हो ।
गोपालीलाई सोही स्थान बस्ने ४७ वर्षिय जयराम गोपालिले कुटपिट गरेर घाइते बनाएका थिए । आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा जयरामले हिराकाजीलाइ कुटपिट गरेका थिए ।
हिराकाजीलाई उपचारको लागि काठमाडौंको दिर्घायु अस्पतालमा पठाइएकोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।