मकवानपुरमा भव्यरुपमा मनाइयो तमु ल्होसार

अखबार हब
२०८१ पुष १५, सोमबार १९:००

हेटौंडा । मकवानपुरमा बसोबास गर्ने गुरुङ समुदायले आफ्नो विशेष पर्वको रुपमा तमु ल्होछार मनाएका छन् ।

सोमवार हेटौंडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारकमा शुभकामना आदान–प्रदानसँगै नाचगान गरेर तमु अर्थात् गुरुङ समुदायको नयाँ वर्ष ल्होछार मनाएका हुन् ।

तमु ह्युल छोंज धि (गुरुङ राष्ट्रिय परिषद्) मकवानपुरले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले तमु ल्होछारसहित जनजातिको विशेष पर्वहरुको संरक्षण र प्रवर्द्धनका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
हेटौंडा उपमहानगरपालिका – ३ का वडा अध्यक्ष ढलक बहादुर थापाले सस्कृती जोगाउन यस्ता पर्वहरुले महत्व दिने बताए ।

उनले आफ्नो भाषा, संस्कृतीसँगै ल्होछार जस्ता पर्वको मौलिकता जोगाउँन आदिवासी जनजाति गम्भीर हुनुपर्ने बेला भएको बताए ।

त्यसैगरी , गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य जंगबहादुर गुरुङले गणतान्त्रिक नेपालमा ल्होछारमा सार्वजनिक बिदा दिनु सकारात्मक भएपनि मौलिक संस्कृती संरक्षण गर्न सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

मकवानपुर जिल्लामा बजेट बिनियोजन गर्ने क्रममा आदिवासी जनजातीलाई अन्याय गरेको उनको भनाइ थियो । उनले मकवानपुर जिल्लामा गुरुङ समुदाय सातौ स्थानमा रहेको बताउदै मकवानपुरमा मात्रै १५ सय १८ जना हाराहारीमा गुरुङ समुदायको बसोबास रहेको बताए ।

गुरुङले आफ्नो सस्कृती जोगाउन सबै गुरुङ समुदाय एकजुट भएर लाग्न पनि आग्रह गरे ।

‘बागमती प्रदेश सरकारले तामाङ भाषा र नेवार भाषालाई सरकारी कामकाजी भाषाको रुपमा ल्याइएको छ । त्यसैगरि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजीकि रुपमा अघि सारेको छ ,’ उनले भने, ‘यसैगरि सरकारले आदिवासी जनजातीको हितमा काम गर्दा सस्कृतीको जगेर्ना हुने देखिन्छ ।’
कार्यक्रममा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा रहेर उल्लेख्य काम गर्नेहरुलाइ सम्मानसमेत गरेका थिए ।

सम्मानित हुनेमा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय मकवानपुरका शाखा अधिकृत संगिता गुरूङ , त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र विषयको दर्शनाचार्य परीक्षामा सर्वोत्तम श्रेणीमा उतिर्ण भई मकवानपुर तमु समुदायका पहिलो व्यक्ती हुने मनिराज गुरूङ , `फिजियोथेरापी करियर पथ ´ का लेखिका रति कुमारि गुरुङ , मेडिकल ब्यबसायी राजु गुरुङ , भु तथा जलाधार व्यस्थापन कार्यालय मकवानपुरका कार्यालय प्रमुख सृजना गुरुङ र नेपाल पत्रकार महासघ मकवानपुरका नव निर्बाचित कार्य समिती सदस्य निशा गुरुङलाइ सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा स्वर्गीय माधव गुरुङको नाममा स्थापित माधव गुरुङ अक्षयकोष-२०७५ बाट प्रदान गरिने छात्रवृत्तिमा मनहरी गाउँपालिका-८, की करिष्मा गुरुङ, थाहानगरपालिका-५, का सुदीप गुरुङ, थाहानगरपालिका-५, कै प्रेरणा गुरुङ, कैलाश गाउँपालिका-१, की विनुता गुरुङ र कैलाश-१, कै विना गुरुङलाई नगत ८ हजार ५ सय सहित छात्रवृत्ति प्रदान गरिएको थियो ।

गुरुङ राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष केशर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवापुरका अध्यक्ष कालू घलान , किरात राई यायोक्ख्या मकवानपुरका अध्यक्ष के.बि राई , नेपाल मगर संघ मकवानपुरका अध्यक्ष शन्देस मगर , थारू कल्याणकारिणी सभा मकवानपुरका अध्यक्ष संचता नन्द थारू , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गुरुङ पहिरनमा सजिएका गुरुङ युवायुवती,बालबालिकाहरुले गुरुङ साँस्कृतिक नाँच-गाँन प्रस्तुत गरेका थिए । मकवानपुरमा वि.सं.२०५५ सालदेखि गुरुङ समुदायले सामुहिक रुपमा तमू ल्होछार मनाउँदै आएका छ्न ।

यसमा तपाइको मत

Your email address will not be published.


*