प्याब्सन मकवानपुरमा सुवेदी
हेटौंडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार हेटौंडामा भएको प्याव्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा नविन केसी र लक्ष्मी श्रेष्ठ, सचिवमा विष्णुहरि सुवेदी, कोषाध्यक्षमा उपेन्द्र सुवेदी, सहसचिवमा रामबाबु सापकोटा, सहकोषाध्यक्षमा भरत सापकोटा चयन भएका छन् ।
यसैगरी सदस्यमा रमिता पाण्डे, गिता आचार्य र रिना आचार्य चयन भएका छन् ।
प्याव्सन केन्द्रीय समितिका अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्याव्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।