परिचय बचतको अध्यक्षमा न्यौपाने
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित परिचय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विष्णु प्रसाद न्यौपाने चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको सहकारीको १५ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले न्यौपानेको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
उपाध्यक्षमा इश्वरी दहाल, सचिवमा शुसान्त तिमल्सिना, कोषाध्यक्षमा मोहनप्रसाद घिमिरे चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा भवनाथ दहाल, अन्नपूर्ण अणुगाई, अनिल बस्नेत र शुदर्शन खतिवडा चयन भएका छन् ।
त्यसैगरी सहकारीको लेखा समिति संयोजकमा लक्ष्मण पराजुली चयन र सदस्यहरुमा दोलकुमारी दहाल, नेत्रमणि ईटिनी चयन भएका छन् ।
सभाको अवसर पारेर सहकारीले विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरेको छ । उत्कृष्ट परिचय बोनस बचतकर्तातर्फ निर्मला साह बनियाँ, विकास कुमार दास र विशेष मानन्धर, उत्कृष्ट परिचय व्यवसायिक बचतकर्तातर्फ राधब न्यौपाने, बासुदेव सुवेदी, विकेश कुमार केशरी र अनन्तराज न्यौपाने, उत्कृष्ट परिचय आवधिक बचततर्फ अजयकुमार केशरी, स्मारिका केसी, हिराप्रसाद न्यौपाने, विशेष मानन्धरलाई सम्मान गरिएको थियो ।
त्यस्तै, परिचय नारी बचततर्फ सुनमाया घलान र लक्ष्मीमाया थिङ, परिचय लखपति बचततर्फ शान्ति तिमल्सिना र शर्मिला पुडासैनी, विशेष बाल बचततर्फ केशिका श्रेष्ठ, असल ऋणीतर्फ भने भीमकुमारी फुँयाल, दुर्गाकुमारी लामिछाने, प्रदीप साह, रवीन्द्रप्रसाद घिमिरे, उत्कृष्ट कर्मचारी सम्मानबाट बजार प्रतिनिधि अनिषा थापालाई नगद सहित सम्मान गरिएको थियो ।
सहकारीले आर्थिक बर्ष ०८०/०८१ को अन्त्य सम्ममा सहकारीले ३ करोड १९ लाख ६४ हजार एक सय शेयरबापतको पुजी सङ्कलन गरेको छ भने ४९१ जना शेयर सदस्य रहेको सहकारीका सचीव शुसान्त तिमल्सिनाले जानकारी दिए ।
सोही आवमा सस्थाले ९ करोड ९० लाख ८१ हजार ३ सय रुपैयाँ बचत सङ्कलन गरेको छ । यसैगरी सहकारीले ९ करोड ३७ लाख ५ हजार लगानी असुली गरेको सचीव तिमल्सिनाले बताए ।
त्यस्तै सहकारीले आव ०८०/८१ मा १ करोड ५० लाख ४८ हजार कुल आम्दानी गरेको छ भने १ करोड ७० लाख ६३ हजार खर्च गरेको छ । सहकारी २५ लाख १ हजार घाटामा रहेको साधारण सभा मार्फत जानकारी गराएको हो ।
संस्थाका अध्यक्ष दिपक तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभामा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।