हेटौंडा बचतको कारोबार ६८ करोड ९६ लाख

अखबार हब
२०८१ पुष २०, शनिबार २१:०४

हेटौंडा । हेटौंडा बचत बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा भएको छ । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मुख्यकार्यालय रहेको सहकारीको २५ औं वार्षिक साधारण सभा भएको हो ।

आर्थिक बर्ष ०८०/८१ को वित्तीय स्थिती विवरण अनुसार ६८ करोड ८३ लाख ९६ हजार १०८ रुपैयाँ बराबरको कारोबार गरेको छ । सहकारीले सदस्यलाई ५५ करोड २१ लाख ८७ हजार ९३३ रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत निक्षेप ५४ करोड ६० लाख २७ हजार ५० रुपैयाँ संकलन गरेको व्यवस्थापक रामशरण गौतमले बताए ।

संस्थाको जगेडा कोषमा भने ४ करोड ८२ लाख ५७ हजार ७८३ रुपैयाँ रहेको छ । ७ हजार १४५ जना शेयर सदस्य रहेको सहकारीमा ४ करोड ७८ लाख ४३ हजार सात सय शेयरपुजीँ रहेको व्यवस्थापक गौतमले बताए ।

सहकारीले सभामा मासिक बचत बचततर्फ कल्पना कुमारी ढुङ्गाना, मैते राई, पदमकुमारी शर्मा, असल ऋणीतर्फ गोपीप्रसाद अधिकारी, रोशन सिलवाल, सीताकुमारी देवकोटा, बालबचततर्फ अग्रिमा भुजेल, सुविराज श्रेष्ठ र अदि केसीलाई सम्मान गरिएको थियो । त्यस्तै, ऐच्छिक बचततर्फ नीमा तामाङ्ग, दैनिक बचततर्फ जानुका लामा, मधुसुधन ढकाल, रोहिणीप्रसाद गौतम, आवधिक बचततर्फ चिरन्जीवी चौलागाई र संरक्षित पुजीँफिर्ता कोषतर्फ केशवप्रसाद ढकाललाई सम्मान गरिएको थियो ।

सहकारीले एकैपटक सदस्य बनेका १० दम्पतीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पार्वती तिम्सेना र भोटुप्रसाद तिम्सेना, कृष्णप्रसाद र विनिता गौतम, सुकदेव दहाल र पवित्रा अर्याल, रेखा सुनार र गोपाल सुनार, कृष्णप्रसाद र रमादेवी दहाल, युवराज उप्रेती र देवी उप्रेती, भुपेन्द्र अधिकारी र अनिता सुवेदी, पुजन न्यौपाने र निर्मला थपलिया, चेतकुमारी न्यौपाने र पदमप्रसाद न्यौपाने, दीपक र सुर्यमाया बलामी रहेका छन् ।

यसैगरी सहकारीले एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने ९ जना विद्यार्थी, प्लसटुका २ जना, स्नातक तहका ६ जना र स्नातकोत्तर उर्तिण गर्ने ३ जना गरी २० जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा सञ्चारकर्मीतर्फ भने मनिल महत्तोलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*