शैक्षिक गुणस्तर बृद्वि गर्न भुटनदेविको भ्रमणमा ईन्द्रसरोवरका टोली

अखबार हब
२०८१ पुष २२, सोमबार १६:०५

हेटौंडा । हेटौंडा -४ मा रहेको जिल्लाकै पुरानो सामुदायिक विद्यालयको इन्द्रसरोवर गाउँपालिकाको प्रध्यानध्यापक तथा शिक्षा शाखाको टिमले भ्रमण गरेका छन ।

इन्द्रसरोवर गाउँपालिका सातवटा सामुदायिक बिद्यालयका प्रअ र शिक्षा शाखाका कर्मचारीले हेटौंडाका चारवटा सामुदायिक बिद्यालयकाे अध्ययन अवलोकन तथा भ्रमण गरेका हुन ।

यहाँको सामुदायिक बिद्यालयमा भएका असल अभ्यास, शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक भ्रमण गरिएको इन्द्रसरोवर-१ मार्खु स्थित सरस्वती वालबोधिनी माविका रामशरण दाहालले जानकारी दिए । भ्रमण टोलीले हेटौंडा ४ मा रहेको भुटनदेवि मावि, हटिया१६ मा रहेको जनप्रिय मावि, हेटौंडा ९ पशुपतिनगरमा रहेको प्रगति मावि र हेटौंडा ५ पिप्लेमा रहेको बाल ज्योति माविको अध्ययन अवलोकन गरेका हुन ।

कार्यक्रममा बोल्दै हेटौंडा वडा नंं ४ का वडाअध्यक्ष एवम् भुटनदेवि मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले शैक्षिक गुणस्तर सुधारमा सबैको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले शैक्षिक सुधारका लागि शिक्षक शिक्षिका लागि तालिम र क्षमता अभिबृद्वि गर्नुपर्ने बताए । स्थानीय तहले पनि शैक्षिक वातावरण बनाउनुपर्ने बताउदै उनले सम्बन्धित वडा कार्यालयले नतिजाको जिम्मा लिनुपर्नेमा जोड दिए ।

भुटनदेवि माविका सहायक प्रअ भरत पोखरेलले बिद्यालयको शैक्षिक प्रगतिबारे जानकारी गराएका थिए । कार्यक्रममा भुटनदेवि माविका प्रअ माधव प्रसाद दाहाल लगायतकाले बोलेका थिए । भुटनदेवि माविमा हाल मधेस प्रदेश सहित यहाँका दुई हजार ४५९ जना बिद्यार्थी अध्ययनरत रहेका छन ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*