मउवा संघ निर्वाचन : यस्तो छ अग्रवाल प्यानलको घोषणापत्र

अखबार हब
२०८१ पुष २२, सोमबार २२:०४

हेटौंडा । आसन्न मकवानपुर उद्योग वाणिजय संघको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी अनिल अग्रवालले आफ्नो प्यानलको घोषणापत्र सार्वजनिक गरेका छन् ।

सोमबार साँझ व्यबसायिहरुको भेलामा उनले आफ्नो सिङ्गो प्यानलसहितको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

उनले संघको मूलभूत उद्देश्य र भूमिकामा व्यवसायीको हकहितको संरक्षण गर्ने, स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, संघको संस्थागत विकास गर्ने, आर्थिक मन्दीको प्रभाव कम गर्ने पहल गरिने बताए । आफ्नो प्यानलको  घोषणापत्रमा उल्लेख बमोजिम  काम गर्ने प्रतिवद्धता जाहेर गर्दै अग्रवालले भने आफु संधै व्यवसायीकै पक्षमा रहने बताए ।

यस्तो छ अग्रवाल प्यानलको घोषणापत्र
१ व्यवसायीको निराशालाई आशामा परिवर्तन गर्ने ठोस कदमहरूः
-उद्योग, व्यापार, र व्यवसायलाई दिगो बनाउन सहयोग पुर्याउने ।
-स्थानीय स्तरमा नयाँ व्यवसाय सुरु गर्न चाहनेलाई सहजीकरण र प्रेरित गर्ने ।
-अन्तर्राष्ट्रिय अनुभव र सफल अभ्यासको आधारमा व्यवसाय प्रवद्र्धन योजना कार्यान्वयन गर्ने ।
२  साना व्यवसायीका समस्या समाधानका लागि कार्यदल गठनः
-कर, कर्जा, र प्रशासनिक प्रक्रियासँग जोडिएका समस्याको पहिचान र समाधानका लागि संघमा विशेष कार्यदल स्थापना गरिनेछ ।
– साना व्यवसायीलाई सहुलियतपूर्ण कर्जाको पहुँचमा सहजीकरण गर्ने ।
३ कर तथा राजस्व प्रणालीलाई व्यवस्थित बनाउने :
-व्यवसायीहरूबाट लिइने विभिन्न करको एकरूपता र पारदर्शिता कायम गर्न ३ तहको सरकारसँग सहकार्य ।
-अनावश्यक कर भार घटाउन सम्बन्धित निकायमा दबाब ।
४  बैंक तथा वित्तीय संस्थाहरूमा सुधारको पहल:
-व्यवसायीहरूले लिएको कर्जाको ब्याज दर स्थिर राख्न बैंकहरूसँग वार्ता ।
-व्यवसायिक ऋणको अवधि लम्ब्याउने र पुनः तालिकीकरणको व्यवस्था गराउन दबाब ।
-उद्यमशीलता प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था ।
५ व्यवसायीहरूका लागि एकीकृत सेवा केन्द्र स्थापनाः
-व्यवसाय दर्ता, नवीकरण, र अन्य प्रशासनिक कामलाई संघमार्फत सहज र छिटो गराइने ।
-चेम्बर लर्निङ सेन्टर र व्यवसाय विकास सेवा केन्द्रमार्फत व्यवसायीलाई आवश्यक प्रशिक्षण र परामर्श प्रदान गरिने ।
६  कर तथा राजस्व परामर्श केन्द्र स्थापनाः
-आन्तरिक राजस्व कार्यालयको परिसरमा परामर्श केन्द्र स्थापना गरी व्यवसायीहरूलाई निःशुल्क सेवा ।
-व्यवसायिक कर प्रणालीबारे जनचेतना अभिवृद्धि ।
-संघमा नविकरण गर्दा कर चुक्ताको प्रावधान हटाउने
७  सार्वजनिक यातायात व्यवस्थापन सुधारः
-मकवानपुर बजारलाई व्यवस्थित गर्न ओर्लने र चढ्ने स्थान छुट्टाउने ।
-व्यवसायीक क्षेत्रलाई सवारी आवागमनको सहज पहुँच दिने ।
८  स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्नेः
-मकवानपुरका विशेष उत्पादनलाई अन्तर्राष्ट्रिय मेलामा सहभागी गराउने ।
-एक गाउँ एक उत्पादन कार्यक्रम पुनः सञ्चालन ।
-स्थायी प्रदर्शनी केन्द्र स्थापना गरी उत्पादनको प्रवद्र्धन ।
९ उद्योग र पूर्वाधारको विकासः
-औद्योगिक क्षेत्र र अटो ल्यान्ड स्थापनाका लागि पहल ।
-विकास निर्माणका कामलाई समयमा सम्पन्न गर्न प्रभावकारी समन्वय ।
१० नयाँ र नवप्रवर्तनशील व्यवसायमा जोड:
-युवा उद्यमशीलताको प्रवद्र्धन ।
-कृषि, शिक्षा, स्वास्थ्य, र पर्यटनमा आधारित राष्ट्रिय सम्मेलनहरूको आयोजना ।
११ व्यवसायिक बीमा योजनाः
-संघमा आवद्ध व्यवसायीहरूको बीमा गर्ने व्यवस्था ।
-व्यवसायमा देखिने जोखिम न्यूनीकरण गर्न संघले सहजीकरण गर्ने ।
१२ अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्य विस्तारः
-संघलाई अन्तर्राष्ट्रिय उवा संघहरूसँग भगिनी सम्बन्ध जोड्ने ।
-व्यवसायीलाई विदेशमा आयोजना हुने मेलामा सहभागी गराई अन्तर्राष्ट्रिय अवसरको पहुँच दिलाउने ।
-हेटौंडा उपमहानगरद्वारा लगाएको करको दर घटाउन पहल गर्ने ।
१३ संघको संस्थागत विकासः
-संघको विधानलाई समसामयिक आवश्यकता अनुसार संशोधन ।
-संघलाई जिल्लास्तरीय साझा संगठनका रूपमा सवल बनाउँदै सदस्यहरूको अपनत्व बढाउने ।
१४  सदस्य व्यवसायीहरूको मागमा आधारित कार्यक्रम आयोजना गर्नेः
-व्यवसायिक सीप विकास, प्रशिक्षण, र कार्यशाला ।
-स्थानीयस्तरमा व्यवसायिक वातावरण निर्माण गर्न विभिन्न कार्य योजना ।
-जनचाहना र सदस्यहरुको मागलाई दृष्टिगत गरी नयाँ नयाँ कार्यक्रमहरु संचालन गर्ने ।
-वसपार्क क्षेत्रमा जमेको पानीलाईलाई निकासको लागि ढल व्यवस्थापन गर्ने ।
१५  राष्ट्रिय स्तरका सम्मेलनहरू आयोजना गर्नेः
-मकवानपुरलाई कृषि, पर्यटन, र औद्योगिक क्षेत्रमा नयाँ पहिचान दिलाउने ।
१६  ठूलो उद्योगीहरुको उद्योग सुचारु संचालन गर्दा आईपरेका समस्याहरुको पहिचान गरी उद्योग संघसँग सहकार्यको भूमिका खेली सम्बन्ध विस्तारमा जोड दिने ।
१७ मकवानपुरलाई पर्यटन क्षेत्र घोषणाः
– बाहिरबाट आएका र आन्तरिक पर्यटकहरुको लागि कमसेकम २ दिन हेटौंडामा बस्ने वातावरण बनाई, सेभेन पोइन्ट र नाइन पोइन्ट पर्यटन स्थल बनाई मकवानपुरलाई पर्यटन क्षेत्र घोषणा गर्न पहल गर्ने ।
-भीमफेदी कुलेखानी सुरुङ्ग मार्ग बनाउन पहल गर्ने र इन्द्रसरोवरलाई नैनीतालको रुपमा विकास गर्न पहल गर्ने
१८ संचारकर्मीहरु सँग
-सञ्चारगृहहरुको विकासको लागि विभिन्न व्यवसायीक प्रतिष्ठानहरुसँग समन्वय गराउने ।

यसमा तपाइको मत

Your email address will not be published.


*