मकवानपुरमा बढ्यो ट्राफिक उल्लंघनको घटना, ६ महिनामा १६ हजार सवारी कारबाही

अखबार हब
२०८१ पुष २५, बिहीबार १३:१२

हेटौंडा । मकवानपुरमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा अवधिमा १६ हजार ३ सय २१ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि पुस १८ गतेसम्म ट्राफिक नियम उल्लंघनका गर्ने सवारी साधनलाई कारबाही गर्दा १ करोड २६ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन समेत गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको श्रावण मसान्तमा ट्राफिक नियम उल्लंघनका गर्ने सवारी साधन मार्फत ३० लाख ८७ हजार ४ सय रुपैयाँ,भदौमा २६ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक केशव अधिकारीले बताए ।

यस्तै असोज महिनामा १६ लाख ६६ हजार ४ सय रुपैयाँ,कात्तिकमा २१ लाख ९ हजार,मंसिरमा १८ लाख ९४ हजार र पुस महिनाको १८ गतेसम्म ११ लाख ७१ हजार रुपैयाँ गरी कुल १ करोड २६ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन उनले बताए । यसविच जिल्ला ट्राफिक कार्यालय मकवानपुरले ट्राफिक नियम उल्लंघनको घटना न्यनिकरणका लागी जिल्लामा सावारी चालक र सहचालकको स्वास्थ परिक्षणको कार्यक्रम, सवारी साधनको यन्त्रीक परिक्षण, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकहरुलाई कक्षा संचालन, लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको जन गुनासो आए लगक्तै त्यसको चेकजाँच लगायतको कार्यत्रमहरु गर्दे आईरहेको कार्यालयका प्रमुख प्रहरी निरिक्षक अधिकारीले बताए ।

यसअघि कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ८ लाख ९१ हजार ४ सय रुपैयाँ,आर्थिक वर्ष २०७७/०७८ मा २ करोड ५४ लाख ८८ हजार ४ सय रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा २ करोड ३६ लाख ९० हजार ४ सय राजश्व संकलन गरेको थियो । यस्तै आर्थिक वर्ष २०७९/८० मा ३ करोड ६९ लाख ६७ हजार रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा २ करोड ८३ लाख ५२ हजार ४ सय ५ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

कार्यालयले सवारी नियम उल्लंघन गर्ने मादकपदार्थ सेवन गरि सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने सार्वजनिक यातायातहरूलाई कारबाहीको प्रक्रियामा ल्याई कारबाही गर्ने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*