४५ जनाले लिए सिप्रदीको बिएसफोर तालिम
हेटौंडा । नेपालका लागि टाटा मोटर्सको बिक्रेता सिप्रदी ट्रेडिङ्ग चितवन शाखाले मेकानिकलहरुलाई बिएसफोर सम्बन्धि तालिम दिएको छ ।
बिहिवार चितवन शाखाले जिल्लाका ४५ जनाभन्दा बढी आफ्ना मेकानिकलहरुको क्षमता अभिवृद्धिका निम्ती तालिम दिएको हो ।
सिप्रदी चितवन शाखाले पहिलो तालिम पर्सा खैरहनीमा बिहान ८ बजेदेखि १२ बजे सम्म भएको थियो । पहिलो तालिममा २५ जना स्थानिय मेकानिकहरुले भाग लिएका थिए । यस्तै दोस्रो तालिम भरतपुर न्युरोडमा १ बजे देखि ४ बजेसम्म सञ्चालन भएको थियो । जसमा २३ जना स्थानियहरुले मेकानिकहरु सहभागी रहेको सिप्रदि ट्रेडिङ्गका चितवन शाखाका बिक्री प्रबन्धक सुबास रायमाझीले बताए । उनले कार्यक्रममा बिएसफोर तालिमले स्थानिय मेकानिकहरुलाई नयाँ प्रविधिहरूसँग परिचित गराउने र सवारी साधनहरूको मर्मतमा दक्षता वृद्धिका लागि मद्दत पुर्याउने अपेक्षा लिएको बताए ।
तालिममा सहभागीता जनाएका मेकानिकहरुलाई सिप्रदि ट्रेडिङ्ग प्रा।लि। काठमाडौंबाट आएका प्रशिक्षक पर्शुराम घिमिरेले तालिम दिएका थिए भने कार्यक्रममा सिप्रदि ट्रेडिङ्गका एरिया सेल्स म्यानेजर सन्दिप महताको समेत उपस्थिती रहेको थियो । तालिममा सहभागितता जनाएका मेकानिकहरुले सिप्रदीले दिएको बिएसफोर सम्बन्धि तालिमले भविष्यमा सवारी साधानमा आउने समस्याहरुलाई सरल ढंगले समधान गर्न धेरै सहयोग पुर्याउने पुर्याउने बताए ।