लागुऔषध चरेस र अफिमसहित मकवानपुरबाट दुई जना भारतीय नागरिक पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध चरेस र अफिमसहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ ।
आईतवार बिहान २ बजेको समयमा आगुऔषध चरेस २१ किलो र ३ किलो ४७० ग्राम अफिमसहित दुई जना भारतीय नागरिक पक्राउ परेको हो ।
विशेष सूचनाको आधारमा मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङ नौखण्डे स्थित त्रिभुवन सडकखण्डबाट हेटौंडा हुँदै भारततर्फ लैजाने क्रममा DL 8CX 1224 नम्बरको कारबाट लागुऔषध चरेस र अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।
पक्राउ पर्नेमा हरियाणा राज्य हिसार जिल्ला बस्ने २५ बर्षिया कुनाल गोथ्वाल र ग्राम पन्चायत गोबिन्द नगए बस्ने २० बर्षिय मनिस कुमार शंका रहेको प्रवक्ता अर्यालले जानकारी दिए ।नियन्त्रणमा लिइएको दुबै जनाको थप अनुसन्धान भइरहेको छ ।