वक्तृत्वमा ब्रम्हदिककी शाही र वादविवादमा सत्यम् जेभियर्सकी तिमल्सिना प्रथम

अखबार हब
२०८१ माघ १५, मंगलवार ०८:३५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर- ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनामा सुरु भएको दोस्रो वडा खेल महोत्सव अन्तर्गत दुई वटा प्रतियोगिता भएको छ । खेल महोत्सव अन्तर्गत सोमबार वक्तृत्वकला र वादविवाद प्रतियोगिता भएको हो ।

पहिलो प्रतियोगितामा ब्रम्हदिक एकेडेमीकी दिव्यान्सु शाही प्रथम,आधुनिक मावीकी उत्कृष्टी सिम्खडा द्वितीय र ब्रम्हदिक एकेडेमीकी प्रियान्सु पोखरेल तृतीय भएका छन् । प्रतियोगिता आधुनिक माविको व्यवस्थापनमा भएको थियो ।

त्यसैगरी दोस्रो खेलमा सत्यम् जेभियर्स माध्यमिक विद्यालयकी सुरुचि तिमल्सिना प्रथम, ब्रह्मदिक एकेडेमीकी स्तुति गुरागाईं द्वितीय र नवोदय शिशु सदनकी शिक्षा भुषाल तृतीय भएका छन् । वादविवाद प्रतियोगिता सत्यम जेभियर्स माविले व्यवस्थापन गरेको थियो ।

वादविवाद प्रतियोगितामा ४ नम्बर वडाका ६ वटा विद्यालयबाट १२ जना विद्यार्थी सहभागी भएका थिए । शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दहालको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो ।

माघ ९ बाट सुरु भएको खेल महोत्सव फागुण १७ गते सम्म चल्ने हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*